Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । ‘अर्यालले टेलिभिजनमा भनेजस्तो निर्मला हत्या प्रकरणबारे कुनै ठोस प्रमाण पेश गर्न सकेनन्,’ बोगटीले भने, ‘हामीले मंगलबार सोधपुछ गर्दा र बुधबार फेरि बोलाउँदा पनि उनी भाग्ने प्रयास गरेपछि पक्राउ गर्न बाध्य भयौँ ।’

अर्यालले सोमबार ‘जनता जान्न चाहन्छ’ कार्यक्रमका सञ्चालक ऋषि धमलासँग अन्तर्वार्ता दिँदै आफूलाई सुरक्षाको ग्यारेन्टी गरिए बलात्कारका आरोपीको पहिचान गराउने बताएका थिए । उनले निर्मला पन्तको बलात्कार र हत्या तीनजनाको समूहले गरेको दाबी गरेका थिए । तर, सीआईबीको अनुसन्धानले देखाएको छ कि -अर्याल कञ्चनपुरमा एकपल्ट मात्र पुगेका थिए र त्यतिबेला पनि घटनास्थलबाट करिब २० किलोमिटर टाढा मात्र पुगेको पाइएको छ ।

यो प्रकरणमा अन्तर्वार्ता लिने पत्रकार ऋषि धमलासँग पनि सोधपुछ गरिएको छ । २०७५ साउनमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो, र यो घटनाले देशभर चासो र आक्रोश निम्त्याएको थियो । अर्यालको दाबीले थप विवाद र भ्रम सिर्जना गरेको भन्दै प्रहरी थप अनुसन्धानमा जुटेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया