Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – मानव तस्करीको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी जोडिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ओखलढुंगाका गुडी राई र नवीन राई छन् । उनीहरूलाई सोमबार साँझ बागबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीहरूले निवर्तमान मन्त्री अधिकारीको हस्ताक्षरित उक्त मन्त्रालयको नक्कली कार्ड बनाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

अधिकारीसँगै जोडिएका अरू ६ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरूको बयानका आधारमा अधिकारी र थप दुईजना पक्राउ परेका हुन् । हिरासतमा राखेर अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पहिलोपटक दुई दिनको म्याद पाएको छ । प्रारम्भिक बयानमा अधिकारीले आफू फसेको बताएका छन् ।

उनले प्रहरी अधिकारीसँग भनेका छन्, ‘मसँगै जापानको कार्यक्रमका लागि जाने युवाहरू हङकङ विमानस्थलमा चिनेको हुँ । पहिला चिनजान नै छैन । साथी गोपाल (गोपाल गौतम)ले तपाईंसँगै केही युवाहरू पनि जापान जाँदै भन्नेबाहेक मलाई अरू जानकारी नै थिएन । टोकियो विमानस्थल पुगेपछि आफ्नै मन्त्रालयको कार्ड देखेपछि आफैँ छक्क परेँ ।’

उनीहरूको नक्कली कार्डबारे आफैँले प्रहरीको विशेष ब्युरोका डीआईजी राजन अधिकारी र कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङलाई जापानबाट नै जानकारी गराएको अधिकारीले बताएका छन् । अधिकारीले नचिनेको दाबी गरे पनि जापान गएका मध्येका कञ्चन देवकोटासँग उनको एउटै कोठा ‘बुक’ भएको फेला परेको प्रहरीले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया