Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले युरोपको आकाशमा लगाइएको निषेध हटाउन सकिने संकेत गरेकी छन् । उनले नेपालको नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने कानुन पारित भए युरोपको आकाशमा ११ वर्षअघि लगाइएको निषेध हटाउन सकिने संकेत गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हालको नागरिक उड्डयन प्राधिकरण सेवाप्रदायक र नियामक निकाय दुवै भूमिकामा क्रियाशील छ । सरकारले प्राधिकरणलाई विभाजन गरी दुई वटा संस्था बनाउने प्रस्तावित विधेयकको मस्यौदा तयार गरिसकेको छ । काठमाडौँमा भएको एक कार्यक्रममा राजदूत लोरेन्जोले उक्त विधेयक पारित भए युरोपेली संघले लगाएको प्रतिबन्ध हटाउन सकिने बताएकी हुन् ।

युरोपेली संघ (इयु)ले दक्षिण एशिया उड्डयन साझेदारी कार्यक्रम अन्तर्गत नेपालसहित ८ वटा मुलुकका हवाई नियनकारी निकायका लागि सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला गरेको थियो । कार्यक्रममा सहभागी राजदूत लोरेन्जोले नेपालले ईयूले लगाएको प्रतिबन्धका विषयमा यस्तो सन्देश दिएकी हुन् । उनले भनिन्, ‘हामीले नेपालको हवाई सुरक्षा अभिवृद्धि गर्न सन् २०१३ देखि सहकार्य गर्दै आइरहेका छौं । त्यसयता प्राधिकरणको संचालक समितिमा वायुसेवाका प्रतिनिधि सदस्य रहने व्यवस्था हटाउने निर्णय स्वागत योग्य छ ।’

कार्यक्रममा मन्त्री पाण्डेले ईयूले अन्तर्राष्ट्रियस्तरको कार्यशाला नेपालमा अयोजना गरेकामा खुसी व्यक्त गरे । उनले नेपालमा हेलिकोप्टर सम्बन्धी धेरै घटना र दुर्घटनाहरु भएको स्मरण गर्दै यो कार्यशालाले नेपाली हेलिकोप्टर उडान गर्ने वायुसेवा कम्पनी र पाइलटहरुका लागि गहिरो ज्ञान र सीप प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । युरोपेली संघले यो मुद्दा सन् २०१३ यता उठाउँदै आएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया