Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका नागरिक सातनाइनटुङ र इन ङोन फू रहेका छन्।

उनीहरू मंगलबार साँझ एयर अरेबियाको फ्लाइट जी ९५३० मार्फत शारजाहबाट काठमाडौं आएका थिए। भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा उनीहरूको लगेजमा राखिएका १२ थान स्पिकरमा लुकाइएको सुन फेला परेको थियो।

तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया