Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

काठमाडौं – बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलोपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली आज मैदानमा उत्रँदै छ ।

नेपाल र बंगलादेशबीच हुने फाइएनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने भएका छन् । ‘आज साँझ हुने साफ महिला च्याम्पियनसिप,२०२४, फाइनल फुटबल खेल अवलोकन र पुरस्कार वितरणका लागि प्रधानमन्त्रीज्यू रंगशाला जाने कार्यक्रम रहेको छ,’ उनको सचिवालयले भनेको छ ।

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया