Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – महोत्तरीमा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ । पिपरा गाउँपालिका-७ दनौली चौरीस्थित आँप बगैंचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव भेटिएको हो ।

स्थानीय अशोक ठाकुरको आँप बगैंचामा मन्दिर नजिकै अन्दाजी २७ वर्षीया महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले जानकारी दिए ।

डिसपी जैसवार अनुसार सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलको कमाण्डमा टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । शव भेटिए पनि महिलाको पहिचान हुनसकेको छैन ।

पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएर विभत्स हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले घटनास्थल सुरक्षित राखी मुचुल्का उठाउने काम गरिरहेको छ । घटनाबारे सत्य तथ्य पत्ता लगाउन प्रशिक्षित कुकुर समेत परिचालन गरिएको छ । महिलाको सनाखतको प्रयास भइरहेको र शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया