Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व ऊर्जा र अर्थमन्त्री वर्षमान पुनले उद्योगीहरूले डेडिकेटेड र ट्रङ्क लाइन सेवा प्रयोग गरेर पनि विद्युत महसुल नतिरेकोप्रति आपत्ति जनाएका छन्। पुनले १८ घण्टासम्म लोडसेडिङमा राखेर उद्योगीहरूले २४ घण्टा विद्युत उपभोग गरेको र अब महसुल तिर्न अटेरी गरेको भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पुनले उद्योगीहरूलाई बिना अर्घेल्याइँ तोकिएको महसुल तिर्न आग्रह गर्दै एकै पटक नसके नियमानुसार किस्ताबन्दीको सुविधा प्रयोग गर्नसमेत सुझाएका छन्। पुनले विद्युत प्राधिकरणलाई मुलुककै शान र गर्वको संस्था बनाउन आफूहरूले योगदान गरेको र यसलाई कमजोर पार्न विभिन्न प्रयास भइरहेको आरोप लगाए।

पुनका अनुसार, यो विवाद विद्युत चोरीको कसुर हुन सक्ने र यस्तो अटेरी गरे कारबाहीको चेतावनी समेत दिएका छन्। डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरे पनि उद्योगीहरूले बक्यौता महसुल नतिरेको कारण प्राधिकरणले लाइन काटेको थियो। जसले सरकारका जिम्मेवार व्यक्तिहरू र उद्योगीहरूको प्रतिक्रियामा पुनलाई आश्चर्यचकित बनाएको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया