Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता चीनको राजधानी बेइजिङको भ्रमण गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन्।

यसअघि भदौमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन्। असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले मोदीसँग साइडलाइन वार्ता गरेका थिए। त्यहाँ उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। तर, तत्काल भारत भ्रमणको निम्तो नपाएपछि ओलीले आफ्नो पहिलो विदेश यात्रा चीनबाट गर्ने निर्णय गरेका हुन्।

चीन भ्रमणको तयारी गर्दै प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको प्रगतिको सोधिखोजी गरेका छन्। सात वर्षअघि भएको समझदारीको कार्यान्वयन ढिलो भएको भन्दै चिनियाँ पक्षले चासो देखाएको छ। २०७५ सालमा ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलवे र अन्य पूर्वाधार परियोजनामा सम्झौता भएको थियो।

तपाईको प्रतिक्रिया