Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको रूपमा लिँदै मंगलबार बालुवाटारमा व्यापक प्रदर्शन गर्ने तयारी गरेको छ। ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित पार्टीले लामिछानेको रिहाइको माग गर्दै लगातार आन्दोलन गरिरहेको छ।

आइतबार रास्वपाले माइतीघरदेखि बानेश्वरसम्म -याली आयोजना गरेको थियो। जहाँ नाराबाजी र प्लेकार्डहरू प्रदर्शन गरिएको थियो। लामिछानेलाई २ कात्तिकमा सहकारी ठगी प्रकरणमा पक्राउ गरी कास्की लगिएपछि पार्टीका कार्यकर्ता र नेताहरूले पोखरामा विरोध सुरु गरेका थिए। बिहीबार लामिछानेको म्याद थपिएपछि पार्टीले आन्दोलनलाई काठमाडौं केन्द्रित गर्दै शुक्रबारदेखि निरन्तर प्रदर्शन गरिरहेको छ।

कार्यवाहक प्रवक्ता मनिष झाले दुईतिहाइको सरकारको प्रतिशोधको रूपमा भइरहेको यो गिरफ्तारीविरुद्ध पार्टीको आन्दोलन जारी रहेको बताए। उनले मंगलबार बालुवाटारमा नेपाल हाउस अगाडि पार्टीको व्यापक प्रदर्शन आयोजना हुने जानकारी पनि दिए।

 

 

तपाईको प्रतिक्रिया