Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो – जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ ।

निर्वाचन परिणाम अनुसार प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४ सय ६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको हो ।

बहुमतका लागि २ सय ३३ सिट आवश्यक थियो । तर, प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमेइतोले २ सय ९ सिट मात्र जित हासिल गरेका छन । यसअघि एलडीपी गठबन्धनसंग २ सय ७९ सिट थियो । एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो ।

प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नुपरेको अभिव्यक्ति दिएका थिए । नभन्दै उनलाई आइतबार भएको निर्वाचन परिणामबाट झड्का लागेको छ । एलडीपीको सत्ता साझेदार दल कोमेइतोका प्रमुख केइची इशी नै आफ्नो निर्वाचन क्षेत्रमा पराजित भएका छन् ।

यसअघि निर्वाचन सकिएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षण परिणाममा पनि एलडीपीले बहुमत गुमाउने प्रक्षेपण थियो । जापानको सरकारको नेतृत्वकर्ता दल एलडीपी केही समयदेखि विवादमा परेकाले उसको लोकप्रियता खस्किएको थियो । ***

तपाईको प्रतिक्रिया