Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ११, २०८१
Sunday, October 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी दमन भएको भन्ने आरोपहरूलाई गलत र भ्रामक भन्दै खण्डन गरेको छ। रवि सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रास्वपाका सभापतिसमेत रहेका लामिछानेको समर्थनले अनुमानमा आधारित कपोलकल्पित भ्रमपूण कुराहरु फैलाइएको भन्दै प्रहरीले आपत्ति जनाएको हो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा लामिछानेलाई प्रहरी कर्मचारीहरूले सम्मानित इजलासमा आदरार्थी शब्द प्रयोग नगरेको, हतियारसहित इजलासमा प्रवेश गरेको र धम्की दिएकोजस्ता झुट्टा र कपोलकल्पित आरोपहरू टिकटक लगायतका सामाजिक सञ्जालहरूमा फैलिरहेको बताइएको छ। यसले प्रहरीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

प्रहरीले यस प्रकारका गलत सूचनाहरूले मुद्दाको अनुसन्धान प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सूचना सम्प्रेषण गर्दा तथ्यमा आधारित भएर जानकारी दिन पनि आग्रह गरेको छ।

 

 

तपाईको प्रतिक्रिया