Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ११, २०८१
Sunday, October 27, 2024

टोकियो – जापानमा तीन कामदारको १८ मिटर उचाइको मचानबाट खसेर मृत्यु भएको छ । यो घटना शनिबार जापानको पश्चिमी क्षेत्रमा रहेको एउटा सिपयार्डमा भएको हो ।

कागावा प्रिफेक्चरको टाकामात्सुमा रहेको सिपयार्डमा दिउँसो करिब १ः२५ बजे उनीहरू काम गरिरहेको मचान भत्किएपछि तीनैजना भुइँमा खसेका थिए । दुर्घटनामा २७ वर्षीय मसायुकी ताकागी, २१ वर्षीय हिकारु ओनो र २१ वर्षकै कोटा ताकाहासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुर्घटनाको समयमा एउटा मालवाहक जहाजको भागमा रेलिङ लगाउने काम गरिरहेका थिए । शिकोकु डकयार्ड कम्पनीका यी तीन कामदारले हेलमेट र सुरक्षा डोरी लगाएका थिए वा थिएनन् भन्ने कुरा अझै थाहा भएको छैन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया