Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ११, २०८१
Sunday, October 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंमा रहेको एक रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा आठ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२७, मसानगल्लीस्थित उक्त रेस्टुरेन्टमा जुवातास खेलिरहेको सूचना पाएपछि उनीहरूलाई शनिबार राति नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा महोत्तरी भँगहा नगरपालिका–७ का ४४ वर्षीय कुशेश्वर साहसहित अन्य व्यक्ति रहेको प्रहरीको जानकारी छ। पक्राउका क्रममा प्रहरीले नगद ३८,०६० रुपैयाँ र तीन बुक तास पनि बरामद गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया