Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायली सेनाले उत्तरी गाजामा अवस्थित कमल अडवान अस्पतालमा सयौं बिरामी र स्वास्थ्यकर्मीहरूलाई नियन्त्रणमा लिएको छ। इजरायली सेनाले जबलिया सहरमा रहेको यस अस्पतालमा आक्रमण गरी, लगातार बमबारीबाट जोगिन अस्पतालमा शरण लिएका बिरामी, स्वास्थ्यकर्मी र विस्थापित व्यक्तिहरूलाई हिरासतमा राखेको मन्त्रालयको वक्तव्यमा उल्लेख गरिएको छ।

इजरायली सेनाले उक्त क्षेत्रमा आतंकवादी गतिविधि भएको भन्दै गुप्तचर जानकारीको आधारमा सैन्य अभियान सञ्चालन गरेको बताइएको छ। यस क्रममा, सेनाले जबलियामा रहेको शरणार्थी शिविरमा रहेको अस्पताललाई चारैतिरबाट घेराबन्दी गरेको थियो।

गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार अस्पताल परिसरमा प्रवेश गर्नुअघि इजरायली सेनाले सुरक्षा घेराबन्दी गरेका थिए। फर्स्ट रेस्पोन्डरका प्रवक्ता महमुद बस्सलका अनुसार १५० भन्दा बढी बिरामी र स्वास्थ्यकर्मीहरू अस्पतालभित्रै फसेका छन्।

 

 

तपाईको प्रतिक्रिया