Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसबाट जन्मजय तिमिल्सिना (बर्दिया) र देवकरण कलवार (पश्चिम नवलपरासी) तथा जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाल (बाँके) लाई मन्त्री नियुक्त गरेका थिए। तिमिल्सिनालाई सामाजिक विकास मन्त्री, कलवारलाई वन तथा वातावरण मन्त्री र अग्रवाललाई आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी दिइएको छ। शपथ ग्रहण बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको कार्यालयमा सम्पन्न भयो।

लुम्बिनी प्रदेश सरकारमा अब ११ मन्त्री पुगेका छन्। जसमा ५ एमाले, ५ कांग्रेस र १ जसपा प्रतिनिधि छन्। १२ मन्त्रालयमध्ये युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीमध्ये एकबाट अर्को मन्त्री थपिनुपर्ने भए पनि कुन पार्टीले पहिलो प्रतिनिधित्व गर्ने भन्ने विषयमा सहमति नहुँदा मन्त्रिपरिषद् अझै पूर्ण भएको छैन।

तपाईको प्रतिक्रिया