Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक ०७, २०८१
Wednesday, October 23, 2024

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा आफ्ना नेताहरू तानिएको भन्ने कुरामा बढी चिन्ता नगर्न पार्टीहरूलाई सुझाव दिएका छन्। रवि लामिछानेलाई ठगी मुद्दामा मुछिएपछि कांग्रेस र एमालेका नेताहरूको पनि संलग्नता छ भन्ने चर्चा चलेको थियो। यस विषयमा प्रतिक्रिया दिँदै शर्माले आफ्नो पार्टीका नेताहरूलाई नकारात्मक प्रतिक्रिया नदिन आग्रह गरेका छन्।

शर्माले सबै पार्टीलाई न्यायालयको निर्णयको पर्खाइ गर्न र सडकमा अनावश्यक बहस नगर्न सुझाव दिए। उनले भनेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं। अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं, सडक विलापको जगहँसाइ नगरौं।’

उनले बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही गर्नु आजको प्रमुख आवश्यकता रहेको बताएका छन्। यो प्रक्रिया कसैले रोक्न खोज्नु गलत हुने उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया