Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक ०७, २०८१
Wednesday, October 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो नेतृत्वमा गठन भएको सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दैछन्। यो कार्यक्रम दिउँसो साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

ओलीले सरकारको सय दिनभित्र गरिएका कामहरूको विवरण र आगामी योजनालगायतका विषय समेटेर सम्बोधन गर्ने छन् । एमाले अध्यक्ष समेत रहेका ओली पछिल्लो पटक प्रधानमन्त्री भएको मंगलबार एकसय दिन पुगेको छ । उनी नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सहकार्यका लागि सात बुँदे समझदारी भएको थियो। जसमा राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्राथमिकता दिइएको थियो।

 

 

तपाईको प्रतिक्रिया