Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – अमेरिकाको डिभी लोटरी भर्ने क्रम जारी रहेको छ ।  न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि खुलेको डिभी लोटरी नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म भर्न सकिने छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरू पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरू अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ ।

यो वर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका वर्षहरूको तुलनामा कुनै परिवर्तन गरिएको छैन । प्रणालीमा समस्या हुनसक्ने भएकाले डिभी लोटरी भर्नका लागि अन्तिम मितिसम्म नकुर्न सुझाव दिइएको छ । यसपटक भरेकाहरूको डिभी लोटरीको नतिजा सन् सन् २०२५ को मे ३ मा आउनेछ ।

१० लाख भन्दा धेरै नेपाली सहभागी 
अमेरिकाको डिभी लोटरी कार्यक्रममा पछिल्ला वर्षमा औसतमा वार्षिक १० लाख नेपालीहरू सहभागी हुँदै आएका छन् । पासपोर्ट अनिवार्य गरेका वर्षहरूमा डिभी भर्नेको संख्या केही कमी आएपनि डिभी लोटरीका लागि पासपोर्ट अनिवार्यको नियम अदालतले हटाइदियो ।

सन् २०१९ मा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । २०२२ र २०२३ मा खुलेको डिभीमा पासपोर्ट अनिवार्य थिएन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया