Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी विद्यार्थी अङ्ग्रेजी विषयमा फेल भएका छन्। बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको सार्वजनिक नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

कुल एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकामा ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ‘ए प्लस’ ल्याउने ६१, ‘ए’ ल्याउने ७५१, ‘बी प्लस’ ल्याउने दुई हजार नौ सय ८६, ‘बी’ मात्रै ल्याउने ११ हजार ४९, ‘सी प्लस’ ल्याउने २३ हजार ६ सय ८८ र ‘सी ग्रेड’ ल्याउने ४३ हजार सात सय चार, ‘डी’ ल्याउने ३९ हजार नौ सय ३२ जना छन्।

मौका परीक्षामा फेल भएका विद्यार्थीहरूले आगामी नियमित परीक्षामा भाग लिनुपर्नेछ। उत्तीर्ण भएका विद्यार्थीहरूले यसै शैक्षिक सत्रमा स्नातक तहमा भर्ना हुने मौका पाउने छन्। यस परीक्षा दौरान दुईजनाको नतिजा रद्द गरिएको छ भने तीनजनाको परीक्षा स्थगित गरिएको छ। पुनर्योगको लागि १५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया