Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०१, २०८१
Thursday, October 17, 2024

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनका लागि थप हेलिकप्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ। बिहीबार सम्पन्न प्राधिकरणको कार्यकारी समितिको बैठकले विपद्को समयमा खोज र उद्धार कार्यमा प्रयोग हुने हेलिकप्टरको संख्या अपर्याप्त भएको बताएको हो।

प्राधिकरणका सहसचिव बसन्त अधिकारीले विपद् खोज तथा उद्धारको कार्यलाई प्रभावकारी बनाउन थप हेलिकप्टर र आवश्यक उपकरण खरिदका लागि राष्ट्रिय परिषदसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। प्रधानमन्त्रीको अध्यक्षतामा रहने उक्त परिषदको बैठक शुक्रबारका लागि बोलाइएको छ।

‘विपद खोज उद्दार कार्यलाई थप प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर चाहिएको हामीले महसुस गर्‍यौं, त्यस्तै खोज तथा उद्दार कार्यमा चाहिने उपकरणको पनि व्यवस्थापन हुन भोलि बस्ने राष्ट्रिय परिषदको बैठकलाई सिफारिस गर्ने निर्णय भएको छ’, अधिकारीले भने ।  बैठकले यो वर्षको मनसुन अवधिमा (जेठ २८ देखि असोज २६ सम्म) विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूका परिवारका एक सदस्यको बीमा गरिने प्रस्तावसमेत सिफारिस गरेको छ।

तपाईको प्रतिक्रिया