Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०१, २०८१
Thursday, October 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गौशाला धर्मशालासम्बन्धी विवाद चर्किएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्। गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप कोषको बैठक बोलाइएको मन्त्रालयको बताएको छ । मन्त्री पाण्डेले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका उनले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन् । साथै उनले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताएका छन् ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने भनेपछि विवाद सुरु भएको हो ।

यता धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको छ । समितिले आफूहरुले ८३ बर्षदेखि धर्मशाला सञ्चालन गर्दै सामाजिक कार्यहरु गर्दै आएको बताउँदै धर्मशालामाथि आफूहरुको मोहियानी हक रहेको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया