Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ३०, २०८१
Wednesday, October 16, 2024

काठमाडौं – भारत र क्यानडाबीचको सम्बन्ध झनै खराब स्थितिमा पुगेको छ। क्यानडामा गत वर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध खराव स्थितिमा पुगेको हो।

भारतले दिल्लीमा रहेका ६ क्यानडेली उच्च कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ भने क्यानडाले पनि ६ जना भारतीय कूटनीतिज्ञलाई यस्तै आदेश दिएको छ । क्यानडाले भारतसँग आइतबार गरेको कूटनीटिक संवादमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानडास्थित भारतीय उच्च आयुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञ संलग्न रहेको आरोप लगाएपछि सम्बन्ध थप चिसिएको हो।

भारतीय विदेश मन्त्रालयले क्यानडाको आरोपप्रति कडा आपत्ति जनाएको छ। उसले क्यानडाका कार्यवाहक उच्चायुक्त स्टिवर्ट रस हृवीलर, उपउच्चायुक्त प्याटि्रक हेबर्ट, प्रथम सचिव मेरी क्याथरिन जोली र अधिकारीहरू इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला अर्जुएलालाई १९ अक्टोबर (शनिबार) राति १२ बजेभित्र भारत छाड्न भनेको छ।
भारतले क्यानडालाई दिल्लीस्थित आफ्ना कूटनीतिक कर्मचारी फिर्ता लैजान र भिसा सेवा निलम्बन गर्नसमेत आग्रह गरेको छ। भारतको विदेश मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा क्यानडाको आरोप सिख पृथकतावादीबाट प्रभावित रहेको उल्लेख छ। जवाफमा क्यानडाले उच्च आयुक्तसहित ६ भारतीय कूटनीतिज्ञलाई देश छाड्न भनेको छ। भारतले भने सुरक्षाको कारण देखाएर आफैले आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको जनाएको छ।

‘हामीलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्ने क्यानडा सरकारको प्रतिबद्धतामा विश्वास छैन। त्यसैले भारत सरकारले उच्चायुक्त र अन्य लक्षित कूटनीतिज्ञ र अधिकारीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ।

१८ जुन २०२३ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरीस्थित गुरुद्वारानजिकै गोली हानेर खालिस्तान समर्थक निज्जरको हत्या गरिएको थियो। भारतले निज्जरलाई आतंकवादी सूचीमा राखेको थियो। सिख समुदायका केही समूहले भारतमा छुट्टै देश ‘खालिस्तान’ को माग गर्दै आएका छन्। ***

तपाईको प्रतिक्रिया