Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ३०, २०८१
Wednesday, October 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन भन्ने स्पष्ट पारेको छ। गौशाला धर्मशालालाई मारवाडी सेवा समाजले वार्षिक करोडौँ आम्दानी हुने सम्पत्ति ५१ हजार रुपैयाँमा भोगचलन गर्दै आएको थियो। तर, जिल्ला अदालत काठमाडौँले उक्त सम्झौता रद्द गरिदिएपछि विवाद सुरु भएको हो।

अदालतको निर्णयपछि मारवाडी सेवा समाजले गौशालामा आफ्नो मोही हक कायम रहने दाबी गरे पनि विकास कोषले यो दाबीको विरोध गर्दै प्रतिक्रिया दिएको हो। मंगलबार आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथको जग्गा तथा सम्पत्ति संरक्षण सबैको कर्तव्य रहेको बताउँदै गौशाला धर्मशालामा कुनै मोही हक नलाग्ने प्रष्ट्याएको छ।

कोषले भनेको छ, ‘भगवान श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नदिई भगवानको सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुने कुरामा दुई मत छैन, हुनु पनि हुँदैन ।’ पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालाको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकालाई जिम्मा दिएको स्पष्ट पारेको छ। तर मारवाडी सेवा समाजले यसमा विवाद उत्पन्न गरिरहेको छ।

कोष र काठमाडौँ महानगरबीच असोज २२ गते भएको सम्झौताअनुसार महानगरले गौशालाको व्यवस्थापन गर्ने अधिकार पाएको छ। ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषले आरोप लगाएको छ । साथै, पत्रिकामा विज्ञापन छपाउने र शक्तिकेन्द्रहरूमा धाएर मोही हक स्थापित गर्न नसकिने कोषले प्रष्ट पारेको छ।

तपाईको प्रतिक्रिया