Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको मुम्बईबाट न्युयोर्क उडेको एयर इन्डियाको विमानलाई बमको धम्की आएपछि नयाँ दिल्ली डाइभर्ट गरिएको छ। विमान उडेपछि केही समयमै बम रहेको सूचना प्राप्त भएपछि फ्लाइट नम्बर एआई ११९ लाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो।

सरकारले सुरक्षा अलर्ट जारी गरेपछि विमानलाई दिल्लीमा अवतरण गराइएको एयर इन्डियाले बताएको छ। जहाजमा सवार सबै यात्रुहरूलाई विमानबाट सुरक्षित रुपमा ओर्लाइएको छ र अहिले विमानमा आवश्यक सुरक्षा जाँच भइरहेको एयर इन्डियाले जारी गरेको बयानमा उल्लेख छ।

यसअघि २२ अगस्तमा पनि एयर इन्डियाले यस्तै धम्की पाएको थियो। मुम्बईबाट तिरुवन्तपुरम पुगेको विमानमा बम रहेको धम्की दिइएको थियो।

 

तपाईको प्रतिक्रिया