समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको मुम्बईमा अजित पवार गुट (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउण्ड गोली चलाइएको थियो। त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो।
यस घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमा बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए। मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको बताए । पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका हुन् । उनीहरूसँग सोधपुछ भइरहेको छ।
बाबा सिद्दिकी आफ्नो छोरा जिशान सिद्दिकीको कार्यालयतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो। यस वर्ष फेब्रुअरीमा बाबा सिद्दीकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल भएका थिए। उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए।