Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आश्विन शुक्ल एकादशीको दिन पनि मान्यजनको घरमा गएर नवदुर्गाको प्रसादस्वरूप टीका लगाउने र आशीर्वाद थाप्ने परम्परा निरन्तर जारी छ। नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजनकहाँ पुगेर टिका र आशीर्वाद लिने गर्दछन्।

पश्चिम नेपालका केही जिल्लाहरूमा भने टीका र आशीर्वाद विजयादशमीकै दिनमात्र थाप्ने चलन छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताएको छ।

तपाईको प्रतिक्रिया