Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – एलन मस्कले नेतृत्व गरेको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी, ‘साइबरक्याब’, सार्वजनिक गरेको छ। अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी–रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एआई फिचरसहितको रोबोट ट्याक्सी सार्वजनिक गरेका हुन् ।

यो रोबो ट्याक्सी पूर्ण रूपमा स्वचालित भएको जनाइएको छ । यसको डिजाइन साइबर ट्रक जस्तै छ । यसमा पुतलीको पङ्ख जस्तै गरी खुल्ने दुई ओटा ढोका छन् । भित्रपट्टि सानो क्याबिन देखिन्छ जहाँ दुई जना मात्र अटाउँछन् । यसमा न स्टेरिङ छ, न पेडल छ, न प्लग नै छ । मस्कका अनुसार गाडीमा इन्डक्टिभ चार्जिङ प्रणाली छ, जसले वायरलेस मार्फत पावर पाउँछ ।

यस ट्याक्सीको मूल्य ३० हजार अमेरिकी डलर तोकिएको छ। यसको उत्पादन २०२७ अघि सुरु हुने मस्कले आशा व्यक्त गरेका छन्। साथै, टेस्लाले २० यात्रु बोक्न सक्ने क्षमता भएको अर्को स्वचालित सवारीसाधन ‘रोबोभन’ पनि सार्वजनिक गरेको छ। यसलाई खेलकुद टोलीको यात्रा वा ढुवानीको लागि उपयोग गर्न सकिने मस्कले बताए।

 

 

 

तपाईको प्रतिक्रिया