Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – गायक तथा संगीतकार कन्हैया सिंह परियार आफ्नो नयाँ गीत ‘घुम्नलाई जाँदा लाङटाङ’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । गायक सिंहले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट यो कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

माधव लामिछानेद्वारा रचना गरिएको यो मेलोडियस गीतमा गायक कन्हैया सिंह परियारकै संगीत रहेको छ । बलराम समालले यो गीतमा संगीत संयोजन गरेका छन् । बलराम समालले नै यो गीतलाई मिक्सिङ गरेका हुन् ।

विजय रुम्बा लामाद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । रमणीय लोकेशनमा छायांकन गरिएको यो भिडियोमा गायक कन्हैया सिंह परियारले नै मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोमा उनलाई कनिशा सिङ््तानले साथ दिएकी छिन् । भिडियोको छायांकन पनि निर्देशक रुम्बाले गनै गरेका छन् ।

गायक तथा संगीतको रुपमा लोकप्रियता हासिल गरिसकेका कन्हैया सिंह परियारलाई अभिनयमा पनि अब्बल देखिएको छ । आफ्नै गीतको भिडियोमा उनले गरेको अभिनय प्राकृतिक शैलीको देखिएको छ । यो गीतको भिडियोको लोकप्रियतासंगै आगामी दिनमा पनि उनले आफ्ना गीतका भिडियोमा अभिनयलाई निरन्तरता दिने आशा गर्न सकिन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया