Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपालीहरूको महान् चार्ड दसैँ सुरु भइसकेको छ । दसैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश गएका नेपालीहरू घर फर्कने क्रम जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरूलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट दिएको वा राजस्व तिरेर ल्याउन सकिने सामान मात्र ल्याउन आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न देशका विमानस्थलमा अपरिचित व्यक्तिले प्रलोभनमा पारी सामानहरू पठाउने र ल्याउने व्यक्तिहरू कानुनी कारबाहीमा पर्ने घटना बढेको भन्सार कार्यालयले जनाएको छ । यसरी, यात्रुहरूले मापदण्ड भन्दा सामान ल्याउँदा भन्सार तथा प्रहरीको कारबाहीमा परी समान जफत हुने वा दोब्बर मूल्य बरावर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने गरेका छन् ।

के तपाईँ पनि विदेशबाट स्वदेश फर्कँदै हुनुहुन्छ ? स्वदेश फर्कँदा आफूलाई मन परेका सामानहरू किनेर फर्कँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन र के-कस्ता सामानमा भन्सार तिर्नुपर्छ ?

कति सुन ल्याउन पाइन्छ ?
विदेशबाट महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । एकजना व्यक्तिले ९महसुल तिर्नु नपर्ने: महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक० थप २०० ग्राम सम्म सुनको गहना भन्सार महसुल तिरेर साथमा ल्याउन पाउँछ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता हुँदैन ।

मोबाइल कति वटासम्म ल्याउन पाइन्छ ?
विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँछ ।

टेलिभिजनको हकमा के छ प्रावधान ?
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्छ ।

मदिरा कति ल्याउन पाइन्छ ?
नेपाली नागरिकले नेपाल फर्कँदा कुनै पनि प्रकारको १ लिटरसम्मको १ बोतल रक्सी साथमा ल्याउन पाइन्छ ।

व्यक्तिगत प्रयोगका सामानहरूको हकमा :
लुगाफाटा बढीमा १५ थान, जुत्ता बढीमा १५ जोर, कस्मेटिक बढीमा १५ थान भन्सार तिरेर ल्याउन पाइन्छ ।

सुर्तीजन्य पदार्थको हकमा :
२०० खिल्लीसम्म चुरोट भन्सार तिरेर ल्याउन पाइन्छ । यदि, तोकिएको परिमाण भन्दा बढी चुरोट ल्याएमा शतप्रतिशत थप भन्सार महसुल तिर्नुपर्छ । यस्तै, ५० खिल्लीसम्म सिगार पनि भन्सार तिरेर ल्याउन पाइन्छ । तोकिएको परिमाण भन्दा बढी सिगार ल्याएमा शतप्रतिशत थप भन्सार महसुल तिर्नुपर्छ ।

तपाईको प्रतिक्रिया