Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गोरखा दरबारको दसैँघरमा आज परम्परागत विधिअनुसार जमरा राखिएको छ। नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा, बिहान ९ः१६ बजे साइत मिलाएर मूल दरबार, कालिका र गोरखनाथ मन्दिरमा जमरा राखिएको गोरखकाली मन्दिरका मुख्य पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।अनुसार, गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृहमा स्थापित गराएर, पूजा विधिअनुसार पानी घडा थापेर जमरा राख्ने कार्य सम्पन्न गरिएको उनले बताए।

‘गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ’ उनले भने,’उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।’

गोरखा दरबारमा जमरा राखेपछि मात्रै देशभरका हिन्दू धर्मावलम्बीहरूले आफ्नो घरमा जमरा राख्न थाल्ने परम्परा रहेको मानिन्छ। प्रतिपदा शुरू भएसँगै कालिका मन्दिरमा नियमित रूपमा कालो बोकाको बलि दिने चलन रहेको छ। बडादसैंको अवसरमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको छ। घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया