Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया रही नेपाल फर्किंदै गरेका सुर्खेतका २९ वर्षीय खगेन्द्र ऐरी रहेका छन् । साइबर ब्युरोका अनुसार पीडित युवती र आरोपित ऐरी नजिकका आफन्त हुन् ।

२०७८ तिर उनीहरू फेसबुकमा जोडिएर मेसेन्जरमा कुरा गर्थे । त्यही क्रममा उनीहरूबीच अन्तरङ्ग तस्वीरहरू आदानप्रदान भए । पछि युवक वैदेशिक रोजगारीका लागि मलेसिया गए । त्यही क्रममा उनीहरूबीच विवाद भयो । र, ऐरीले युवतीका अश्लील तस्वीरहरू नक्कली फेसबुक अकाउन्ट बनाई त्यसबाट आफन्त र साथीभाइलाई पठाइदिए ।

आफन्तले अश्लील फोटो पाएको जानकारी दिएपछि पीडित युवतीले ब्युरोमा २३ वैशाख २०७९ मा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उजुरी दिइन् । त्यसैका आधारमा विश्लेषण गर्दा घटनामा ऐरी संलग्न रहेको ब्युरोको अनुसन्धानले देखायो ।

उनै ऐरीलाई फरार सूचीमा राखी इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएको थियो । सोमबार मलेसियाबाट नेपाल फर्किंदै गरेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा पक्राउ परेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया