Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज असोज कृष्ण औँसीको दिन पितृपक्षको अन्तिम दिनका रूपमा सोह्र श्राद्धको समापन हुँदैछ। पितृपक्षमा १५ दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने प्रचलन छ। यसलाई सोह्र श्राद्ध पनि भनिन्छ। शास्त्रीय मान्यताअनुसार, कुनै कारणवश अन्य तिथिमा श्राद्ध गर्न नसकेमा पितृपक्षको अन्तिम दिन श्राद्ध गर्नुपर्छ।

दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्व अघि पितृलाई तृप्त पार्नका लागि सोह्र दिनसम्म तर्पण र पिण्डदान गरिन्छ। वैदिक सनातन परम्पराअनुसार, कुनै पनि ठूला कार्य, यज्ञ वा चाडपर्व अघि पितृप्रति श्रद्धाभाव देखाएर श्राद्ध गरिन्छ। हेमाद्रि, वीरमित्रोदय र निर्णयसिन्धुजस्ता ग्रन्थमा दिवङ्गत पितृहरू मत्र्यलोकमा झरेर पिण्ड र पानीको आशा राख्ने विश्वास गरिएको छ। श्राद्ध गरेपछि पितृऋणबाट मुक्ति पाइने धार्मिक विश्वास पनि रहेको छ।

पितृपक्षको अन्तिम दिन, विशेषगरी गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणी लगायतका तीर्थस्थलहरूमा श्राद्ध गर्न श्रद्धालुहरूको भीड लाग्ने गर्दछ। पितृपक्षको समाप्तिसँगै बिहीबारदेखि दुर्गापक्ष अर्थात् बडा दसैँको शुभारम्भ हुनेछ।

 

 

 

तपाईको प्रतिक्रिया