Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । उनले असोज १८ गतेदेखि लागू हुने गरी राजीनामा प्रस्तुत गरेका हुन्। ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले गाउँपालिकाको अध्यक्षमार्फत राजीनामा पेश गरेका थिए।

विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित रहेका बोखिमले जनताको सेवा गर्न असमर्थ भएको भन्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको उल्लेख गरेका छन्।

वडाध्यक्षको अनुपस्थितिका कारण गाउँपालिकामा विकास र प्रशासनिक कामहरूमा अवरोध भएको जनाउँदै स्थानीयहरूले कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए।

 

 

तपाईको प्रतिक्रिया