Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। युट्युबमार्फत् सार्वजनिक ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ ।

फिल्मको कथा एक अत्याचारी पात्रको साम्राज्य विरुद्ध विराज र उनका छोरा समीर भट्टको संघर्षमा आधारित छ। फिल्ममा विराजलाई बाघको रुपमा प्रस्तुत गरिएको छ। यस फिल्मले पहिलो पटक विराज र समीरलाई एकसाथ पर्दामा प्रस्तुत गरेको छ। अन्य कलाकारहरूमा न्यान्सी खड्का, दीया मास्के, अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ।

 

 

तपाईको प्रतिक्रिया