Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अष्ट्रेलिया सरकारले लेबनानमा जारी अशान्ति र द्वन्द्वका कारण आफ्ना नागरिकहरूलाई छिटोभन्दा छिटो लेबनान छोड्न आग्रह गरेको छ। सोमबार राति सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिमा विदेश मामिला मन्त्रालयले लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई सुरक्षित रूपमा फर्काउन हवाइ टिकटको व्यवस्था गर्न एयरलाइन्ससँग समन्वय भइरहेको जानकारी दिएको छ।

अष्ट्रेलियाली सरकारले हालको अस्थिरताका कारण लेबनान यात्रा नगर्न र त्यहाँ रहेका नागरिकहरूलाई देश छोड्नका लागि पटकपटक चेतावनी जारी गर्दै आएको छ। यसैक्रममा, लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै उचित मार्ग चयनको लागि केही समय धैर्य गर्न आग्रह गरेको छ ।

अर्थमन्त्री जिम चाल्मर्सले मङ्गलबार क्यानबेरामा सञ्चारकर्मीसँगको छलफलमा बढ्दो द्वन्द्वको मानवीय परिणामप्रति सरकार गम्भीर रूपमा चिन्तित रहेको बताउँदै लेबनानमा रहेका नागरिकहरूको सुरक्षा प्राथमिकता भएको बताएका छन्।

 

 

तपाईको प्रतिक्रिया