Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अविरल वर्षाका कारण काठमाडौँ भित्रने र बाहिरिने प्रमुख सडक मार्ग अवरुद्ध भएपछि हवाई यात्रुको चाप निकै बढेको छ। असोज ११ र १२ गतेको वर्षाले देशका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याउँदै सडक यातायात अवरुद्ध गरेको छ। जसले गर्दा हवाई यात्रा एकमात्र विकल्प बनेको छ। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्यामा अभूतपूर्व वृद्धि ल्याएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार सोमवार विमानस्थलमा ५५९ उडान (आन्तरिक र अन्तर्राष्ट्रिय गरी) सम्पन्न भएका छन्। जुन हालसम्मकै उच्चतम रेकर्ड हो। आन्तरिकतर्फ २२७ डिपार्चर र २२१ अवतरण भएका छन् भने अन्तर्राष्ट्रिय तर्फ ५६ अवतरण र ५५ उडान भएका छन्।

सडक यातायात आंशिक रूपमा खुलेको भए पनि यात्रुहरूलाई यात्रा गर्न कठिनाइ भइरहेको छ। त्यसैले हवाई यात्रा नै मुख्य विकल्प बनिरहेको छ। विमानस्थलमा यात्रुको भीड बढिरहेको छ। जसले गर्दा यात्रुहरूले गन्तव्यमा समयमै पुग्न समस्या भोगिरहेका छन्।

 

 

तपाईको प्रतिक्रिया