Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साइबर अपराध मुद्दामा “भाइरलम्यान” दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले यो मुद्दा दर्ता गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका सङ्ग्रौलाको उजुरीपछि प्रसाईंलाई पक्राउ गरिएको थियो र अहिले उनीमाथि अर्को मुद्दा पनि थपिएको छ। अर्को पुरुषले पनि प्रसाईंविरुद्ध उजुरी दर्ता गरेका छन्। प्रसाईंविरुद्ध साइबरसम्बन्धी दुई वटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए । दुर्गा प्रसाईं असोज ६ गते भक्तपुरस्थित आफ्नो घरबाट पक्राउ परेका थिए। प्रसाईंसँगै पक्राउ अनुमति प्राप्त जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने अझै फरार रहेका छन्।

टिका सङ्ग्रौलाले प्रसाईंले आफ्नो नाम लिएर सार्वजनिक रूपमा चरित्रहत्या गरेको आरोप लगाउँदै साइबर ब्युरोलाई उजुरी दिएकी थिइन्। यदि आरोप पुष्टि भएमा, विद्युतीय कारोबार ऐन–२०६३ अनुसार, प्रसाईंलाई पाँच वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ।

 

 

तपाईको प्रतिक्रिया