Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धादिङको झ्याप्लेमा पृथ्वी राजमार्ग अवरुद्ध भएको सडक खुलेपछि १,७०७ सवारीसाधन काठमाडौं प्रवेश गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतवार साँझदेखि सडक खुल्न थालेपछि अलपत्र यात्रुहरूसहित दर्जनौं सवारीसाधनले काठमाडौं यात्रा गर्न थालेको जानकारी दिए।

सोमबार दिउँसोदेखि उक्त राजमार्गमार्फत सवारी साधन पठाउन प्रहरीले तयारी गरेको छ। यसैबीच, गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बसेको छ। जहाँ बाढी, पहिरो, डुबान, उद्धार तथा राहत कार्यका साथै अवरुद्ध सडक खुलाउने प्रगतिबारे छलफल भएको छ।

काभ्रेपलाञ्चोकको बीपी राजमार्गमा रोशी खोलामा फसेका यात्रुहरूको उद्धार कार्य सम्पन्न भएको तिवारीले जानकारी दिए। नेपाली सेना र सुरक्षाकर्मीको टोलीले हवाइ उद्धारदेखि डोरीको माध्यमबाट यात्रुहरूको सुरक्षित उद्धार गरिरहेको छ। तिवारीले पहिरोको जोखिम अझै रहेकाले सडक खुलाउने कार्य जारी रहेको र मुलुकभर विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया