Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इमेज सहकारी ठगी मुद्दामा दिल्लीमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । उनी असोजको ११ गते दिल्लीको विमानस्थलमा पक्राउ परेका थिए।

नेपालीलाई इन्टरपोलले रेड नोटिस जारी गरेको थियो। इन्टरपोलसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

नेपालीसहित सहकारी सञ्चालकहरूले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ । यस विषयमा १ हजार ५ सय ५० जनाले प्रहरीमा उजुरी दिएका थिए। त्यसै आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूमाथि सङ्गठित ठगीको मुद्दा जिल्ला अदालतमा दायर गरेको छ। अदालतले यस मुद्दामा पहिले नै पक्राउ पुर्जी जारी गरेको थियो।

तपाईको प्रतिक्रिया