Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आज सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव ३६ अंकले घटेर २४६४ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३२७ कम्पनीका ५८ हजार ४ सय ०१ पटकको कारोबारमा १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ रहेको छ । यसअघि बिहीबारको कारोबारमा ४ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको थियो ।

४६ कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटाको घटेको छ भने ५ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये निर्माण कम्पनी बढ्दा अन्य राताम्मे छन् । आज एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

 

तपाईको प्रतिक्रिया