Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा पुगेर जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेका छन्। इन्द्रजात्राको अन्तिम दिन, परम्पराअनुसार राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्ने चलन रहेको छ। यस अवसरमा, राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गर्दै कुमारीसँग खड्ग साट्ने परम्परा पनि पूरा गरेका थिए।

इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा लामो पर्व हो। जसको शुरुवात भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि हुन्छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै मनाइने यो पर्व शनिवार भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिएको हो।

 

 

तपाईको प्रतिक्रिया