Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई यो जिम्मेवारी प्रदान गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ कि प्रधानमन्त्री ओलीको अनुपस्थितिमा संविधान बमोजिम सिंहले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यहरू सम्हाल्नेछन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन असोज ४ गते अमेरिका प्रस्थान गरेका हुन्। महासभा भदौ २५ देखि असोज १२ सम्म न्युयोर्कमा हुँदैछ भने उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्नेछ। ओलीले असोज १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उनको स्वदेश फर्कने कार्यक्रम असोज १४ गतेका लागि तय गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया