Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले आजदेखि दशैं-तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसलहरू सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो। यसका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ। काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री केन्द्रहरू सञ्चालनमा आएका छन्। त्यहाँ बाट अनलाइन अर्डरमार्फत होम डेलिभरी सुविधा पनि उपलब्ध गरिएको छ।

सुपथ मूल्य पसलबाट विभिन्न खाद्यान्नमा विशेष छुट उपलब्ध हुनेछ। चामल र दालमा प्रति केजी ५ रुपैयाँ छुट दिइनेछ भने तेल, पीठो, मैदा, चिनी र अन्य सामग्रीमा ७ रुपैयाँ छुट पाईनेछ। साथै, जिउँदो खसीबोका, डीडीसी घ्यू र कर्णाली क्षेत्रका विशिष्ट खाद्यान्नमा पनि प्रति केजी १० रुपैयाँसम्म छुट दिइनेछ। कम्पनीले आवश्यकतानुसार खाद्यान्नको आपूर्ति सुनिश्चित गर्न ठेक्का प्रणालीको व्यवस्था समेत गरिसकेको छ।

तपाईको प्रतिक्रिया