Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने योजना बनाएको छ। बिहीबार मात्र ४० अर्ब रुपैयाँ संकलन गरेको बैंकले आज बोलकबोल प्रक्रियामार्फत थप १ खर्ब रुपैयाँ तान्न लागेको हो।

यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँसम्मको निक्षेप राख्न सक्नेछन्। उक्त रकमको साँवा र ब्याज असोज २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप राख्न इच्छुक संस्थाहरूले रकम र सोको ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ। यस प्रक्रियामा क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।

तपाईको प्रतिक्रिया