Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाण्डौ उपत्यकामा पछिल्ला दिनहरूमा सडक भासिने र भ्वाङ पर्ने घटनाहरू लगातार बढ्दै गएका छन्। हिजो ललितपुरको कुपण्डोलमा सडक भासिएको थियो। यसअघि साउन ३० गते ललितपुरकै इमाडोलमा पनि यस्तै घटना भएको थियो। त्यस्तै, साउन २४ मा काठमाण्डौ दरबारमार्ग नजिकको सडकमा भ्वाङ परेको थियो।

यी घटनाहरूले उपत्यकामा सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ। भूगर्भविद् सुबोध ढकालका अनुसार उपत्यकाको माटो कमजोर छ र लगातारको वर्षाले माटो खुकुलो बनाएर सडक भासिने समस्या बढाएको छ। ढकालका अनुसार सडक बनाउँदा पर्याप्त ध्यान नदिँदा पनि यो समस्या गहिरिंदै गएको हो।

विशेषज्ञहरूले भू-तलको संरचना, जस्तै खोला र इनार पुरिएको क्षेत्रहरूमा सडक बनाउँदा सावधानी नअपनाउँदा समस्या उत्पन्न हुने बताएका छन्। साथै, भूमिगत पानी निकास नहुँदा पनि जमिन भासिने जोखिम उच्च भएको छ। काठमाण्डौमा पानीको पाइप फुट्ने कारणले पनि कतिपय बेला सडक भासिने समस्या देखा पर्ने गरेको छ।

 

 

तपाईको प्रतिक्रिया