Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – जापानका अधिकांश भाग – कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको जापानको मौसमसम्बन्धी निकायले जनाएको छ । देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो। सबैभन्दा उच्च तापक्रम नागासाकी प्रिफेक्चरको मिनामिशिमाबारा सहरमा ३७.८ डिग्री सेल्सियस थियो।

मध्य टोकियोको चियोडा क्षेत्रमा ३४.५ डिग्री तापक्रम मापन गरिएको छ। जुन सेप्टेम्बर १९४२ मा रेकर्ड गरिएको ३५ डिग्रीको नजिक छ। आइतबार मौसममा परिवर्तनको सम्भावना रहेको र उत्तरबाट दक्षिणतर्फ सर्ने मौसमी चक्रले कान्टो–कोशिनजस्ता क्षेत्रमा वर्षा ल्याउने अनुमान गरिएको छ। टोकियोमा तापक्रम अझै ३४ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया