Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने योजनाबाट नेपाली कांग्रेस र नेकपा एमाले पछि हट्ने बताएका छन्। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले रानाको त्रुटि उपसभामुख पद गुमाउनुपर्ने खालको नभएको स्पष्ट पारे। प्रचण्डका अनुसार राना इमानदार महिला हुन् र उनको गल्ती प्राविधिक मात्रै थियो।

उपसभामुखले अमेरिकन दूतावासलाई पत्र लेखेको विवादमा कांग्रेसले उनको राजीनामा मागेको थियो। यसैबीच, एमालेका नेता योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई “हिंसा” भनेपछि संसदमा विवाद उत्पन्न भएको छ। माओवादीले यस शब्दलाई संसदको रेकर्डबाट हटाउन माग गरेको भए पनि सभामुखले अस्वीकार गरेका छन्।

पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राजनीतिमा अवकाशको अवधारणा नहुने र राजनीतिज्ञहरू मरेपछि पनि राजनीति गरिरहने विचार व्यक्त गरे। साथै, संवैधानिक परिषद्ले एकैपटक सबै पदको सिफारिस गर्नु उचित हुने धारणा राखे।

 

 

तपाईको प्रतिक्रिया