Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ जहाजले दुबईमा हाइड्रोलिक प्रणालीमा समस्या आएपछि आफ्नो उडान रद्द गर्दै उतै ग्राउन्डेड रहनु परेको छ। शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको उक्त जहाजले स्थानीय समयअनुसार शनिबार बिहान नेपाल फर्किनुपर्ने थियो।

जहाजको ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखिएपछि निगमले स्पेयर पार्ट्स खोजी गरिरहेको जानकारी प्राविधिक प्रवक्ता इञ्जिनियर मनोज कुमार साहले दिएका छन्। निगमसँग अर्को वैकल्पिक विमान नहुँदा १५० यात्रु, विशेष गरी नेपाली कामदार, दुबईमै अलपत्र परेका छन्।

यात्रुहरूको बसोबासको खर्च निगमले व्यवस्थापन गरेको छ। दुबईमा नेपाल वायुसेवा निगमको आफ्नै प्राविधिक नभएकाले कुबेत एयरवेजसँग प्राविधिक सहयोगको सम्झौता गरिएको छ। कुबेत एयरवेजका प्राविधिकहरूले स्पेयर पार्ट्स प्राप्त भएपछि समस्या समाधान गर्नेछन्। यस समस्याले शनिबारका लागि निर्धारण गरिएको दिल्ली वा हङकङ गन्तव्यतर्फको उडानहरूमा ढिलाइ हुने सम्भावना रहेको निगमका अधिकारीहरूले बताएका छन्।

 

 

तपाईको प्रतिक्रिया