Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्को रेकर्डबाट ‘माओवादी हिंसा’ भन्ने शब्द हटाएसम्म संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ। शुक्रबार सम्पन्न माओवादी संसदीय दलको बैठकले ‘माओवादी हिंसा’ भन्ने शब्द प्रयोग गरेर जनयुद्धलाई अपमान गरिएको निष्कर्ष निकालेको छ।

बैठकपछि संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट उक्त शब्द नहटेसम्म संसद् सञ्चालन हुन नदिने निर्णय भएको बताए। यसअघि भदौ २६ गतेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन आवश्यक नरहेको घोषणा गरेका थिए।

‘शान्ति सम्झौतादेखि सबै कुरालाई अपमान गर्ने गरेर संघीयता, गणतन्त्रसहितको संविधान सबैलाई अपमानित गर्ने काम एमाले सचिव योगेश भट्टराईले हिंसा भन्ने अभिव्यक्ति दिनुभयो । हामीले संसद्‌मा प्रतिवाद गरेका छौं,’ पाण्डेले भने, ‘संसद्को रेकर्डबाट नहटेसम्म अवरोध कायम राख्छौ ।’

संसद्को रेकर्डबाट हिंसा शब्द हटाउन माग गर्दै माओवादीले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । भदौ १२ गते बसेको बैठकमा सांसद भट्टराईले माओवादीको दश वर्षे सशस्त्र संघर्ष हिंसा भएको आरोप लगाएका थिए । पछि एक कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनयुद्धलाई हिंसाको संज्ञा दिएका थिए ।

तपाईको प्रतिक्रिया