Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण संसदीय छानबिन विशेष समितिले सम्पन्न गरेको छ। समितिका सभापति सुर्य थापासहितका सदस्यहरूले मितेरी सहकारीको निरीक्षण गर्दै धनराज गुरुङ दम्पतीसँग सम्बन्धित १५ करोड रुपैयाँको हिनामिना बारेमा छानबिन गरेका थिए।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले समितिलाई धनराज गुरुङले श्रीमतीसँग डिभोर्स गरेको भए पनि ऋणको पैसा स्वयं तिरिरहेको र कानूनीरूपमा मात्र सम्बन्ध विच्छेद भएको बताएका छन्। कुम्भराजले धनराजले एक महिनाअघि मात्रै ऋण तिरेको समेत जानकारी दिएका थिए। यसअघि पनि समितिमा कुम्भराजको बयान लिइएको थियो जहाँ उनले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले हिनामिना गरेको पैसा धनराज गुरुङले सहकारी सञ्चालक समितिमा बसेर फिर्ता गर्ने सम्झौता गरेको बताएका थिए।

धनराज गुरुङले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध विच्छेद भइसकेको र उक्त हिनामिनासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। समितिले सरकारी निकायहरू र विभिन्न सहकारीहरूको स्थलगत निरीक्षण गरिसकेको जानकारी सभापति थापाले दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया